काठमाडौ असार २९ गते । १६ बुँदे सम्झौता र सविधानको मस्यौदाको विरोधमा मधेशी मोर्चाले सुन्धाराबाट आज र्याली निकालेका थिए । र्यालीमा मोर्चामा आवद्ध तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायत लक्ष्मण लाल कर्ण, मनिष सुमन, वृषेशचन्द्र लाल, हृदयश त्रिपाठी, जितेन्द्र सोनल, सर्वेन्द्रनाथ शुक्ला, रेणु यादव, अशोक राई, रामनरेश राय यादवलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
बानेश्वर चौका भएको कोणसभामा बोल्ने नेताहरुले यौ मस्यौदालाई कुनैपनि हालतमा स्वीकार गर्न सकिदैन बरु त्यसका लागि अरु के के गर्नुपर्छ ती सबै गर्न तयार रहेको धारणा राखेका थिए । तमलोपाका उपाध्यक्ष त्रिपाठीले प्रधानमन्त्री र राष्ट्रपति बन्नका लागि यो सविधान हतारमा निर्माण भइरहेको दावी गरे भने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णले सविधानसभाका सदस्यहरु छलफलका लागि जनताको घरदैलोमा जाँदैछन् त्यसको जवाफ त्यही दिनुपर्ने कुरामा जोड दिएका थिए ।
तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले मधेशी जनता अन्तिम लडाईका लागि तयार छन् तर त्यसका लागि मधेशी नेताहरु पनि तयार हुनुपर्ने कुरा राखेका थिए भने संघीय समाजावादी फोरम नेपालका उपाध्यक्ष रेणु यादवले मधेशी, आदिवासी, जनजाति लगायत उत्पीडनमा परेका सम्पूर्णले मस्यौदाको विरोध गरिरहेका छन् भने मस्यौदा कसका लागि आइरहेको चेतावनी दिए ।
र्याली नयाँ बानेश्वरस्थित सविधानसभातिर बढ्नै लाग्दा प्रहरीले बीचैमा रोकपछि र्याली कोणसभामा परिणत भएको थियो ।


























तपाईको प्रतिक्रिया