—विजयकुमार यादव
नेपालको राजनीति वा मधेशवादी राजनीतिमा महिलाहरूको सहभागिताविना जनसहभागिताको काम पूरा हुने छैन किनकि उनीहरू नै त्यस्ता आधा जनता हुन, जो दोहोरो शोषणमा पिल्सिएका छन् । त्यसमा पनि मधेशी महिलाको अवस्था एकदमै नाजुक रहेको छ । ती दलहरुमा उपाध्यक्ष, कोषाध्यक्षसम्म रहेको देखिन्छ तर भूमिका भने न्यून देखिन्छ । नीति निर्माणमा, योजना निर्माणमा उनीहरुलाई सहभागि गराएको देखिदैन । हरेक अंगमा मधेशी महिलाको अवस्था खराब रहेको देखिन्छ । राजनीतिमा महिला सहभागी हुनु भनेको राज्यको हरेक क्षेत्रमा समानुपातिक रूपमा क्रमिक विकास हँुदै जानु हो । मधेशको राजनीतिमा महिलाको सहभागिताले राजनीतिक व्यवहार, परम्परागत शैली र प्रक्रियामा सकारात्मक परिवर्तन आउन सकिन्छ । साचैँ नै राजनीतिमा महिलाको निर्णय सहमतिमा वृद्धि भएमा समाज र राजनीतिबारे विभिन्न थप विचारहरू व्यक्त हुनसक्छ तथा हरेक क्षेत्रका महिलाका समस्या, आवश्यकता र विचारलाई उनीहरूको प्रतिनिधिको रूपमा सम्बन्धित क्षेत्रमा व्यक्त गर्नसक्ने विश्वास गरेका छन् ।
मधेशवादी दलमा मधेश जनविद्रोहको समयकालिन अवस्थामा विरोधस्वरूप महिला शिक्षा कार्यक्रममार्फत राजनीतिक क्षेत्रमा महिलाको सहभागिता सुरु भएको थियो । २००४ सालदेखि राजनीतिक परिवर्तन हँुदै आइरहेको भए पनि हरेक दलभित्र महिलाको संख्यात्मक अवस्थामा खासै परिवर्तन हुनसकेको छैन । मधेश आन्दोलनपछि थुप्रै महिलाहरु राजनीतिमा उदाएका थिइन् आज उनीहरु कता हराएकी छिन् वा ओझेलमा परेकी छिन् कुनै खोजखबर छैन । सुरिता साह, निलम वर्मा, दुर्गा देवी, कलावत्ती पासवान, करिमा वेगम, रम्भा देवीलगातयका महिलाहरु अहिले राजनीतिकमा ओझेलमा परेकी छिन् ।
हरेक क्षेत्रमा महिला जनसंख्याको आधारमा कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था गरिएको छ । राज्यको नीति, योजना बनाउने राजनीतिक दलभित्र किन महिलाको सहभागिता हुन सकेन ठूला दलका केन्द्रीय समितिमा समेत ३३ प्रतिशत महिलाको सहभागिता हुन सकिरहेको अवस्था छैन भने मधेशवादी दलमा झन कुरै आउँदैन तर अरुले गरेको छैन ठूलाले गरेको छैन भनि आफू पनि गल्ति गर्ने सोच मुर्खता हो । मधेशवादी दलहरूको आफ्ना घोषणापत्रमा लैंगिक संवेदनशीलता र लैंगिक मैत्री वातावरण बनाउनुपर्दछ । जसले गर्दा हरेक तहमा राजनीतिक महिलाको संख्यात्मक र गुणात्मक रूपले वृद्धि हुँदै जानेछ, भने कुरा घोषणपत्रमै किन सिमित रहन गएको छ ?
विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेशवादी दलमा सबभन्दा ठूलो पार्टी मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) को हालत झन खराब रहेको छ । त्यसको केन्द्रिय समिती १११ जना रहेको छ जसमा १४ जना मात्र महिलाको सहभागित रहेका छन् । अर्थात १२.६ प्रतिशत महिला मात्र रहेको छ । केन्द्रिय सल्लाहकार सदस्यको संख्या १४ रहेको छ जसमा एकजना पनि महिला छैन । मधेशी यूवा फोरम (लोकतान्त्रिक) केन्द्रीय समितिमा ४६ जना सदस्य रहेका छन् जसमा ७ जना मात्र महिला सदस्य रहेका छन् । त्यस्तै मधेशी किसान फोरम (लोकतान्त्रिक) को २५ जनामा एकजना पनि महिला रहेका छैन जब कि मधेशको कृषि महिलामा नै निर्भर रहेको छ । मधेशी शिक्षक फोरम (लोकतान्त्रिक) मा ३७ जनाको केन्द्रीय समिति रहेको छ जसमा ३ जना मात्र महिला रहेका छन् ।
महन्थ ठाकुर अध्यक्ष रहेको तथा गठन भएदेखि हालसम्म महाधिवेशन गराउन नसकेका तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय समिति ४९ जनाको रहेको छ जसमा ६ जना महिला मात्र रहेका छन् । अर्थात सम्पूर्ण केन्द्रीय समिति सदस्य सँख्याको १२ प्रतिशत मात्र महिलाको सहभागिता रहेको छ । तराई मधेश विद्यार्थी फ्रन्टमा ५३ जनाको केन्द्रीय समिति रहेको छ जसमा ६ जना मात्र महिला सहभागिता छन् । तराई मधेश यूवा फ्रन्टमा ४६ जना रहेका छन् जसमा तीन जना महिला मात्र सदस्य रहेका छन् ।
मधेश आन्दोलनबाट आएका र सबभन्दा बढी समावेशी र समानुपातिका मुद्दा उठाउने मधेशी जनअधिकार फोरम नेपालमा पनि मधेशी महिलाको सहभागिता न्यून देखिनछ । फोरम नेपालको केन्द्रीय समिति ६५ जनाको रहेको छ जसमा ५९ जना पुरुष रहका छन् भने ६ जना मात्र महिला मात्र रहेका छन् अर्थात सम्पूर्ण सदस्य सँख्याको ९.२३ प्रतिशत मात्र महिला रहेको छ । २२ जना केन्द्रीय सल्लाहकारमा दुईजना मात्र महिला रहेका छन् ।
पार्टी पोलिटब्यूरो भनिने राजनीतिक समिति २० सदस्यका रहेका छन् जसमा ३ जना महिला मात्र रहेको पार्टी कार्यालयले जनाएको छ । १२ जनाको संगठन विभागमा दुईजना महिला मात्र सहभागि रहेका छन् भने युवा तथा विद्यार्थी फोरममा एकजना पनि महिला सदस्य छैन । त्यस्तै फोरम नेपाल ट्रेड युनियनमा एकजना महिला मात्र रहेका छन् त्यसको सदस्यसँख्या ५ रहेको छ । किसान तथा श्रमिक विभागमा महिलाको सहभागिता छँदै छैन । मुस्लिम विभागमा ११ जना सदस्य रहेका छन् जसमा दुई जना मात्र महिला रहेका छन् भने दलित विभागमा एकजना मात्र महिला रहेका छन् । प्रशिक्षण, पिछडावर्ग तथा खेलकुद विभागमा महिलाको सहभागिता छदै छैन ।
चार सदस्यीय सँस्कृति विभाग र पाँच सदस्यीय परराष्ट्र विभागमा एक एकजना महिलाको सहभागित रहेको छ भने ६ सदस्यीय आर्थिक विभागमा दुईजना महिला रहेका छन् यो एउटा मात्र विभाग हो जहाँ ३३ प्रतिशतभन्दा बढी महिलाको सहभागि रहेको छ । पाँच सदस्यीय संसदीय समितिमा एकजना महिला रहेका छन् ।
फोरम नेपालकी सभासद् उषा यादवले आफ्नो पार्टीमा मात्र होइन कि मधेशका कुनै पनि पार्टीमा महिलाको सहभागिता पूर्ण छैन । मधेश आन्दोलन पछि मात्र मधेशको राजनीतिमा महिलाको सहभागि हुन थालेको हो र विस्तारै बढ्दै गएको प्रतिकृया दिइन् । मधेश आन्दोलनको बेला महिला नेतृहरुले पनि आफ्नो भुमिका राम्ररी निभाएकी बताइन् । महिलाहरु मौका नपाउनु तथा पुरुषहरुको अवहेलनाले गर्दा महिलालाई नेतृत्वमा पुग्न गाह्रो भएको बताउँदै नेतृ यादवले वर्तमान अवस्थामा महिलाको सहभागिता न्यून भएपनि महिला मैत्री समाजको स्थापना पछि हरेक क्षेत्रमा मधेशी महिलाहरुले पुरुषहरुलाई टक्कर दिन पछि नपर्ने बताइन् ।
अर्का नेतृ रञ्जु वर्माले मधेशवादी दलमा महिलाको अवस्था त्यति राम्रो नदेखिको बताउँदै २१ औं शताब्दीमा पुरातन सोचका कारण मधेशी महिला राजनीतिकमा पछाडि परेको बताइन् । मधेशवादी दलको नेतृत्व कुनै महिलाले नेतृत्व गर्नु धेरै टाढाको कुरा हो भएका महिलासँग पार्टीका नेतृत्व पंक्तिले कुनै सल्लाह सुझाव लिदैन, उनले भनिन्, मधेशको राजनीतिमा महिलाहरुको बढी सक्रियता नभएकाले महिलामैत्री समाज तथा पार्टी हुन सकेको छैन । मधेशको महिलालाई नेतृत्व पंतिmसम्म आउनका लागि निकै नै संघर्ष गर्नु पर्छ ।
देशका ६५ जिल्लामा आफ्नो संगठन बनाउन सफल भएका सद्भावना पार्टीको केन्द्रीय समिति सदस्यको सँख्या ८९ रहेको छ जसमा महिलाको सहभागिता नौ जना मात्र रहेको छ । अर्थात सम्पूर्ण सदस्य सँख्याको १०.१ प्रतिशत महिला मात्र छन् केन्द्रीय समितिमा । पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्नो श्रीमती शैल महतोलाई सभासद् बनाउँदा त्यत्रो विवादमा परेका थिए ।
सद्भावना बुद्धिजीवी मञ्चमा सदस्य संख्या १७ रहेको छ जसमा एकजना पनि महिला छैन । सदभावना प्रध्यापक मञ्चमा पाँचजना छ त्यहाँ पनि महिला छैन । सद्भावना शिक्षक मञ्चमा केन्द्रीय सदस्य २८ जना छन् त्यसमा दुईजना महिलालाई मात्र सहभागि गराएका छन् । त्यस्तै सद्भावना स्वास्थकर्मी मञ्चमा जम्मा ४६ जना छन् तर एकजना महिलालाई पनि सहभागि गराइएका छैन ।
सद्भावना विद्यार्थी मञ्चमा ६ जना महिला छन् जबकि त्यसको केन्द्रीय समिति ४६ जनाको रहेको छ । सदभावना मुस्लिम उत्थान मञ्चको सदस्य संख्या २२ रहेको छ तर त्यहाँ महिला चार जना मात्र । सदभावना किसान मञ्चमा एकजना पनि महिला छैन जब कि त्यो १८ सदस्यीय कार्य समिति बनेको छ । सदभावना उधोग वाणिज्य मञ्चमा १५ जनामध्ये एकजना महिला रहेका छन् । त्यस्तै सदभावना आदीवासी जनजाती मञ्चमा २० जनामध्ये दुईजना मात्र महिला रहेका छन् । सदभावना कृषि मजदुर मञ्चमा पाँचजना मध्ये एकजना महिला मात्र छन् । सदभावना यतायात मजदुर मञ्चमा एकजना महिला छैन चार सदस्यीय समिति रहेको छ ।
सद्भावना पार्टीको सुरक्षा दस्ता सदभावना रक्षा वाहिनी मञ्चमा एकजना पनि महिला छैन जबकि त्यसको केन्द्रीय समिति १४ जनाको रहेको छ । सदभावना प्रेस मञ्चमा १३ जना छन् जसमा ३ जना महिला मात्र रहेका छन् । सदभावना थारु मञ्चमा १४ जना छन् त्यसमध्ये ४ जना महिला मात्र छन् । संस्कृति उत्थान मञ्चमा २० जनामध्ये ७ जना महिला रहेका छन् भने सदभावना दलित उत्थानमा २९ जना रहेका छन् जसमा पाँच जना महिला रहेको सद्भावना पार्टीले जनाएको छ ।
महेन्द्र यादव अध्यक्ष रहेको तराई मधेश सद्भावना पार्टी, नेपालको ३५ सदस्यीय कार्यसमिति रहेको छ जसमा तीन जना महिला रहेको छ । जो सम्पूर्ण सदस्य सँख्याको ८.५७ प्रतिशत मात्र पुग्छ । तराई मधेश सद्भावना विदार्थी मंच३६ जनाको केन्द्रीय समिति रहेको छ जसमा ६ जना महिला मात्र रहेका छन् भने तराई मधेश सदभावना युवा मंचमा जम्मा सदस्य संख्या २९ रहेको छ । जसमा महिला सदस्य संख्या ७रहेको छ । तराई मधेश सदभावना किसान मंचको सदस्य संख्या ४७ रहेको छ जसमा एकजना पनि महिला रहेका छैन । सदभावना मजदर मंचको सदस्य संख्या ३५ रहेको छ तर त्यहाँ पनि महिलाको सहभागिता शुन्य रहेको छ । तराई मधेश सदभावना शिक्षक मंचमा ३३ जना सदस्य रहेका छन् जसमा ६ महिलाको सहभागिता रहेको छ ।
तपाईको पार्टीमा महिलाको सहभागिता किन न्यून रहेको जिज्ञासामा पार्टी अध्यक्ष महेन्द्रराय यादवले पहिलो संविधानसभाको निर्वाचनपछि पार्टीको स्थापना भएको र गठन हुने समयमा र पार्टीमा विभिन्न उतार चढाव भएको हुनाले महिलाको सँख्या कम रहेको प्रतिकृया दिए । पार्टीको विधान अनुसार पार्टीमा महिलाको आरक्षण ३३ प्रतिशतमा पुर्याउने उनले बताए ।
सोही पार्टीका महिला नेतृ रानी शर्मा तिवारीले मधेशवादी दलमा महिलाको सहभागिता निकै न्यून रहेको बताउँदै नेपालको राजनीतिकमा प्रजातन्त्र प्राप्तिको आन्दोलनको शुरूवातदेखि नै महिलाहरूको उपस्थिति रहेको पाइन्छ । द्वारिकादेवी ठकुरानीका साथै, साहना प्रधान, मंगलादेवी, शैलेजा आचार्य आदि २००७ साल यताको नेपाली राजनीतिमा जीवनपर्यन्त सक्रिय रहेका नामहरू हुन् तर मधेशको राजनीतिमा प्रवेश गर्ने अधिकांश महिलाहरूले बीचमै राजनीतिबाट अवकाश लिने वा हराउने गरेको बताइन् । केही सक्रिय रहे पनि नेतृत्व तहसम्म कमै पुगेको छ, २०६२÷६३ पछि मधेश विद्रोह र समानुपातिक निर्वाचन प्रणालीले ल्याएको अवसरका कारण धेरै महिलाहरू राजनीतिमा सक्रिय भएर उदाए पनि लामो समयदेखि निरन्तर राजनीतिमा सक्रिय महिलाको कुरा गर्दा हाल सद्भावनामा राधा कायस्थ, चन्द्रकला कुशवाहा, फोरम नेपालमा रेणु यादव, फोरम लोकतान्त्रिकमा आशा चतुर्वेदी, राष्ट्रिय मधेश समाजवादीकी उपाध्यक्ष निलम वर्मा, नेपाल सद्भावना पार्टीका सरिता गिरीलगायतका औंलामा गन्न सकिने मात्र छन् यो पर्याप्त नभएको बताउँदै तिवारीले मधेश राजनीतिमा मधेशी महिलाहरूको संख्या न्यून हुनु वा तिनीहरूको पलायन हुनुको कारणको विश्लेषण गर्दा मधेशी समाज रहेको बताइन् । महिलालाई राजनीति गर्न समस्या महिलाको घरबाट सुरू भएर टोल छिमेक समाज हुँदै पार्टी नेतृत्वसम्म र पुरूषसत्तात्मक सोचका कारणहरु देखापरेको बताउँदै उनले पुरुषात्मक सोचमा परिवर्तन नभएसम्म महिला अगाडी बढ्न सकिने बताइन् ।
शरत सिह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेश समाजवादी पार्टीमा केन्द्रीय समिति ५३ जनाको रहेको छ जसमा ११ जना मात्र महिला रहेका छन् अर्थात २०.७ प्रतिशत महिलाको सहभागिता रहेको छ । राष्ट्रिय मधेश युवा मञ्चमा २५ जना रहेका छन् जसमा ५ जना महिलाको मात्र सहभागित रहेको छ । राष्ट्रिय मधेश विद्यार्थी मञ्चमा अध्यक्षसहित २४ जना सदस्य रहेका छन् तर महिलाको सहभागिता २ रहेका छन् । राष्ट्रिय मधेश ट्रेड युनियनमा २४ जना रहेका छन् जसमा ३ जना महिला मात्र सहभागि रहेका छन् । त्यस्तै राष्ट्रिय मधेश शिक्षक मञ्चमा २३ जना केन्द्रीय सदस्य रहेका छन् जसमा ४ जना महिलालाई मात्र सहभागि गराएका छन् ।
सो पार्टीका प्रवक्ता केशव झाले आफ्नो पार्टी गठनको प्रकृयामा रहेका हुनाले महिलाको सहभागिता न्यून देखिएको बताए । पार्टीको बैठक बस्दा त्यसमा महिलाको सहभागितामाथि जोड दिने बताउँदै ३३ प्रतिशत महिलाको कोटा पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले मधेशको राजनीतिकमा मधेशी महिलाको अभाव रहेको उल्लेख गर्दै पार्टीमा महिलालाई कसरी सहभागि गराउने बारेमा रणनीति नै बनाएर आगाडि बढ्ने बताए ।
राजकिशोर यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक), नेपालको केन्द्रीय समिति ५५ जनाको रहेको छ जसमा ६ जना महिलाको मात्र सहभागिता रहेको छ । अर्थात महिला सहभागिता१०.९ प्रतिशत मात्र रहेको छ । फोरम गणतान्त्रिक यूवा मञ्चमाा ३३ जना रहेका छन् जसमा ५ जना महिला रहेका छन् । फोरम गणतान्त्रिक विद्यार्थी मञ्चमा सदस्य संख्या २९ जनाको रहेको छ जसमा ५ जना महिलाको सहभागिता रहेको छ । फोरम गणतान्त्रिक शिक्षक मञ्चमा २५ जना केन्द्रीय सदस्य रहेका छन् जसमा ४ जना महिला मात्र सहभागिता रहेका छन् ।
पार्टीका अध्यक्ष राजकिशोर यादवले मधेशमा चेतनाको कमी रहेका कारणले राजनीतिकमा महिलाको कामी देखिएको बताए । राजनीतिक गर्नुपर्छ भनि मधेशी महिलामा सोचको विकास नभएका कारण महिला सहभागिता न्यून रहेको बताउँदै उनले आफूहरुले खोज्दा पनि महिला नपाएको अवस्थामा के गर्ने भए पो पार्टीमा सहभागि गराउने भनि प्रतिकृया दिए । मधेशी महिला पुरुषको तुलनामा धेरै नै पछाडी रहेको छ । यसका कारण हामीले हाम्रो परम्परागत कुराहरुले पनि अवरोध गरेको छ, उनले भने, हाम्रो पार्टी गठन हुने समयमा महिलाहरुको सक्रियता नभएकोले महिला सहभागितामा हाम्रो पार्टी अलि कम रहेको छ ।
ल हेनुस् तथ्यांक ;
मधेशी जनअधिकार फोरम, नेपाल
फोरम, नेपाल केन्द्रिय समितीमा
जम्मा सदस्य संख्या ः– ६५ जना
पुरुष सदस्य संख्या ः– ५९ जना
महिला सदस्य संख्या ः– ६ जना
महिला सहभागि प्रतिशत ः– ९.२३ प्रतिशत
फोरम, नेपाल केन्द्रिय सल्लाहकार ः—
जम्मा सदस्य संख्या ः– २२ जना
पुरुष सदस्य संख्या ः– २० जना
महिला सदस्य संख्या ः– २ जना
महिला सहभागि % ः– ९.०९%
फोरम, नेपाल राजनीतिक समिती ः—
जम्मा सदस्य संख्या ः– २० जना
पुरुष सदस्य संख्या ः– १७ जना
महिला सदस्य संख्या ः– ३ जना
महिला सहभागि % ः– १५%
फोरम, नेपालसंगठन विभाग ः—
जम्मा सदस्य संख्या ः– १२ जना
पुरुष सदस्य संख्या ः– १० जना
महिला सदस्य संख्या ः– २ जना
महिला सहभागि % ः– १६.६६%
फोरम नेपाल महिला विभागमा
जम्मा सदस्य संख्या ः– १२ जना
महिला सदस्य संख्या ः– १२ जना
महिला सहभागि % ः– १००%
फोरम, नेपाल यूवा तथा विद्यार्थी विभाग ः—
जम्मा सदस्य संख्या ः– ७ जना
पुरुष सदस्य संख्या ः– ७ जना
महिला सदस्य संख्याः– शून्य
महिला सहभागि % ः– ०%
फोरम, नेपाल ट्रडयूनियन विभागः—
पुरुष सदस्य संख्या ः– ५ जना
महिला सदस्य संख्या ः–१ जना
महिला सहभागि % ः– २०%
फोरम, नेपाल किसान तथा श्रमिक विभाग
जम्मा सदस्य संख्या ः– ५ जना
पुरुष सदस्य संख्या ः– ५ जना
महिला सदस्य संख्या ः– शून्य
महिला सहभागि % ः– ० %
फोरम, नेपाल मुस्लिम विभाग
जम्मा सदस्य संख्या ः– ११ जना
पुरुष सदस्य संख्या ः– ९ जना
महिला सदस्य संख्या ः– २ जना
महिला सहभागि % ः– १८%
फोरम, नेपाल दलित विभाग
जम्मा सदस्य संख्या ः– ५ जना
पुरुष सदस्य संख्या ः– ४ जना
महिला सदस्य संख्या ः– १ जना
महिला सहभागि % ः– २०%
फोरम, नेपाल प्रशिक्षण विभाग पार्टी स्कुल
जम्मा सदस्य संख्या ः– ८ जना
महिला सदस्य संख्या ः– शुन्य
महिला सहभागि % ः– ० %
फोरम, नेपाल खेलकुद विभाग
जम्मा सदस्य संख्या ः– ७ जना
महिला सदस्य संख्या ः– शुन्य
महिला सहभागि% ः– ०%
फोरम, नेपाल पिछडा वर्ग विभाग
जम्मा सदस्य संख्या ः– ३ जना
महिला सदस्य संख्या ः– शून्य
महिला सहभागि %ः– ० %
फोरम, नेपाल सांस्कृति विभाग
जम्मा सदस्य संख्या ः– ४ जना
महिला सदस्य संख्या ः– १ जना
महिला सहभागि% ः– २५%
फोरम, नेपाल परराष्ट्र विभाग
जम्मा सदस्य संख्या ः–५ जना
महिला सदस्य संख्याः– १ जना
महिला सहभागि % ः– २० %
फोरम, नेपाल आर्थिक विभाग
जम्मा सदस्य संख्या ः– ६ जना
महिला सदस्य संख्या ः– २ जना
महिला सहभागि % ः– ३३.३३%
फोरम, नेपाल संसदीय समिती
जम्मा सदस्य संख्या ः– ५ जना
महिला सदस्य संख्या ः– १ जना
महिला सहभागि % ः– २० %
इत्यादी।
तराई मधेश सद्भावना पार्टी, नेपाल
केन्द्रिय समितीमा
जम्मासदस्य संख्या ः– ३५ जना
पुरुष सदस्य संख्या ः– ३२ जना
महिला सदस्य संख्या ः– ३ जना
महिला सहभागि % ः– ८.५७%
तराई मधेश सद्भावना विदार्थी मंच
जम्मा सदस्य संख्या ः– ३६ जना
महिला सदस्य संख्या ः– ६ जना
महिला सहभागि %ः– १६.६%
तराई मधेश सदभावना युवा मंच
जम्मा सदस्य संख्या ः– २९ जना
महिला सदस्य संख्या ः– ७ जना
महिला सहभागिता % ः– २४.१%
तराई मधेश सदभावना किसान मंच
जम्मा सदस्य संख्या ः– ४७
महिला सदस्य संख्या ः – शून्य
महिला सहभगिता % ः– ० %
तराई मधेश सदभावना मजदुर मंच
जम्मा सदस्य संख्या ः– ३५ जना
महिला सदस्य संख्या ः– शून्य
महिला सहभागिता % ः– ० %
तराई मधेश सदभावना शिक्षक मंच
जम्मा सदस्य संख्या ः– ३३ जना
महिला सदस्य संख्या ः– ६ जना
महिला सहभागिता % ः– १८.१%
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
केन्द्रिय समिती सदस्य
जम्मा सदस्य संख्या ः– १११ जना
महिला सदस्य संख्या ः– १४ जना
महिला सहभागिता % ः– १२.६%
केन्द्रिय सल्लाहकार सदस्य
जम्मा सदस्य संख्या ः– १४ जना
महिला सदस्य संख्या ः– शून्य
मधेशी यूवा फोरम (लो.)
जम्मा सदस्य संख्या ः – ४६ जना
महिला सदस्य संख्या ः– ७ जना
महिला सहभागि % ः– १५.२%
मधेशी महिला फोरम (लो.)
जम्मा सदस्य संख्या ः– ५१ जना
महिला सदस्य संख्या ः– ५१ जना
महिला सहभागि % ः– १००%
मधेशी किसान फोरम (लो.)
जम्मा सदस्य संख्या ः– २५ जना
महिला सदस्य संख्या ः– शुन्य
मधेशी शिक्षक फोरम (लो.)
जम्मा सदस्य संख्या ः– ३७ जना
महिला सदस्य संख्या ः– ३ जना
महिला सहभागि% ः– ८.१%
तराई मधेश लोकतान्त्रिक पार्टी
केन्द्रिय सदस्य
जम्मा सदस्य संख्या ः– ४९ जना
महिला सदस्य संख्या ः– ६ जना
महिला सहभागि % ः– १२.२%
तराई मधेश विद्यार्थी फ्रन्ट
जम्मा सदस्य संख्या ः– ५३ जना
महिला सदस्य संख्या ः– ६ जना
महिला सहभागि % ः– ११.३%
तराई मधेश यूवा फ्रन्ट
जम्मा सदस्य संख्या ः– ४६ जना
महिला सदस्य संख्या ः– ३ जना
महिला सहभागि % ः– ६.५%
तराई मधेश महिला संघ
जम्मा सदस्य संख्या ः– ४९ जना
महिला सदस्य संख्या ः– ४९ जना
महिला सहभागिता % ः– १००%
राष्ट्रिय मधेश समाजवादी पार्टी
केन्द्रिय समिती
जम्मा सदस्य संख्या ः– ५३ जना
महिला सदस्य संख्या ः– ११ जना
महिला सहभागि % ः– २०.७%
राष्ट्रिय मधेश युवा मञ्च
जम्मा सदस्य संख्या ः– २५ जना
महिला सदस्य संख्या ः– ५ जना
महिला सहभागि % ः– २०%
राष्ट्रिय मधेश विद्यार्थी मञ्च
जम्मा सदस्य संख्या ः–२४ जना
महिला सदस्य संख्या ः– २ जना
महिला सहभागि % ः– ८.३%
राष्ट्रिय मधेश ट्रेड युनियन
जम्मा सदस्य संख्या ः– २४ जना
महिला सदस्य संख्या ः– ३ जना
महिला सहभागि % ः– १२.५%
राष्ट्रिय मधेश शिक्षक मञ्च
जम्मा सदस्य संख्या ः– २३ जना
महिला सदस्य संख्या ः– ४ जना
महिला सहभागि % ः– १७.७%
मधेशी जनअधिकार फोरम (गणतान्त्रिक), नेपाल
केन्द्रिय सदस्य संख्या ः
जम्मा सदस्य संख्या ः– ५५ जना
महिला सदस्य संख्या ः– ६ जना
महिला सहभागिता% ः– १०.९%
फोरम गणतान्त्रिक यूवा मञ्च
जम्मा सदस्य संख्या ः– ३३ जना
महिला सदस्य संख्या ः– ५ जना
महिला सहभागिता %ः– १५.१%
फोरम गणतान्त्रिक विद्यार्थी मञ्च
जम्मा सदस्य संख्या ः– २९ जना
महिला सदस्य संख्या ः– ५ जना
महिला सहभागिता % ः– १७.२%
फोरम गणतान्त्रिक शिक्षक मञ्च
जम्मा सदस्य संख्या ः– २५ जना
महिला सदस्य संख्या ः– ४ जना
महिला सहभागिता % ः–१६%
फोरम गणतान्त्रिक महिला मञ्च
जम्मा सदस्य संख्या ः– २२ जना
महिला सदस्य संख्या ः– २२ जना
महिला सहभागिता % ः– १००%
सद्भावना पार्टी
केन्द्रिय समिती
जम्मा सदस्य संख्या ः– ८९ जना
महिला सदस्य संख्या ः– ९ जना
महिला सहभागि % ः– १०.१%
सद्भावना बुद्धिजीवी मञ्च
जम्मा सदस्य संख्या ः– १७ जना
महिला सदस्य संख्या ः– शून्य
सदभावना प्रध्यापक मञ्च
जम्मा सदस्य संख्या ः– ५ जना
महिला सदस्य संख्या ः– शुन्य
सद्भावना शिक्षक मञ्च
जम्मा सदस्य संख्या ः– २८ जना
महिला सदस्य संख्या ः– २ जना
महिला सहभागि % ः– ७.१%
सद्भावना स्वास्थकर्मी मञ्च
जम्मा सदस्य संख्या ः– ४६ जना
महिला सदस्य संख्या ः– शुन्य
सद्भावना विद्यार्थी मञ्च
जम्मा सदस्य संख्या ः–४६ जना
महिला सदस्य संख्या ः– ६ जना
महिला सहभागि % ः– १३%
सदभावना महिला मञ्च
जम्मा सदस्य संख्या ः– २४ जना
महिला सदस्य संख्या ः– २२ जना
महिला सहभागि % ः– ९१%
सदभावना मुस्लिम उत्थान मञ्च
जम्मा सदस्य संख्या ः– २२ जना
महिला सदस्य संख्या ः– ४ जना
महिला सहभागि % ः–१८.१%
सदभावना किसान मञ्च
जम्मा सदस्य संख्या ः– १८ जना
महिला सदस्य संख्या ः– शुन्य
सदभावना उधोग वाणिज्य मञ्च
जम्मा सदस्य संख्या ः– १५ जना
महिला सदस्य संख्या ः– १ जना
महिला सहभागि % ः– ६.६ %
सदभावना आदीवासी जनजाती मञ्च
जम्मा सदस्य संख्या ः– २० जना
महिला सदस्य संख्या ः– २ जना
महिला सहभागि % ः– १०%
सदभावना कृषि मजदुर मञ्च
जम्मा सदस्य संख्या ः– ५ जना
महिला सदस्य संख्या ः– १ जना
महिला सहभागि % ः– २०%
सदभावना यतायात मजदुर मञ्च
जम्मा सदस्य संख्या ः– ४ जना
महिला सदस्य संख्या ः– शुन्य
सदभावना रक्षा वाहिनी मञ्च
जम्मा सदस्य संख्या ः– १४ जना
महिला सदस्य संख्या ः– शुन्य
सअभावना प्रेस मञ्च
जम्मा सदस्य संख्या ः– १३ जना
महिला सदस्य संख्या ः– ३ जना
महिला सहभागि % ः– २३%
सदभावना थारु मञ्च
जम्मा सदस्य संख्या ः– १४ जना
महिला सदस्य संख्या ः– ४ जना
महिला सहभागि % ः– २८%
संस्कृति उत्थान मञ्च
जम्मा सदस्य संख्या ः– २० जना
महिला सदस्य संख्या ः– ७ जना
महिला सहभागि % ः– ३५%
सदभावना दलित उत्थान
जम्मा सदस्य संख्या ः– २९ जना
महिला सदस्य संख्या ः– ५ जना
महिला सहभागि % ः– १७%



तपाईको प्रतिक्रिया