राष्ट्रिय चिन्तनमा विकास नभएसम्म सिहदरवार पुग्न सकिदैन

—रामवाबु राय यादव
अध्यक्ष, सोसल रिपब्लिकन पार्टी

तपाई राप्रपा, एमाले, सद्भावना र फोरम नेपाल हुँदै अहिले आफ्नै पार्टी खोल्नु भयो अरु पार्टीमा किन अटाउनु भएन ?
–हाम्रो परिवार नै राप्रपा पार्टीमा थियो । तर मेरो विद्यार्थी जीवनमा एमालेमा बित्यो । पछि यो देशमा संघियताको आवश्यता छ र सोही संघीयता प्राप्तिका लागि नागरिकता समस्या समाधानका लागि, मधशी समुदाय देखिएका औपनिवेशिक किसिमको शासन, उत्पडिन, जातीय बहिष्कार तथा भेद्भावको विरुद्ध लड्नका लागि नेपाल सद्भावना पार्टीमाा प्रवेश गरेका थिए । गजेनद्रनरायण सिंहको ब्यक्तित्वबाट प्रेरित भएर हामीले सदभावना पार्टीमा सक्रिय भएर लागेका थियौँ । र पछि गजेन्द्रनरायण सिंहले जुन मुद्दालाई लिएर राजनीतिकमा लागेका थिए ती मुद्दाहरु अहिलेका सद्भावना पार्टीका नेताहरुले छाडे ।  राजनीतिक मुद्दाभन्दा पनि सत्तालिप्सा बढी देखियो उनीहरुमा अनि पछि त्यो पार्टी विभिन्न टुक्रामा विभाजित भयो । त्यसपछि त्यो मुद्दालाई लिएर मधेशी जनअधिकार फोरम नेपाल सामुनेमा आयो । म त्यहाँ पनि सक्रिय भएर काम गरे । तर त्यहाँ पनि सत्ताकै कारण पार्टी विभाजनको अवस्था देखियो ।  पछि आफैले २१ शताब्दीको विचारधारामा आधारित नव समाजवाद चिन्तनमा र गजेन्द्रनरायण सिंहको विचार लिएर परिमार्जित गरेर नयाँ पार्टी बनाए । जसको अवधारणा किसान आन्दोलन राख्यौँ ।

सद्भावना पार्टीमा तपाई थुप्रै समय बिताउनुभयो त्यहाँ किन टिक्नु भएन जब कि सद्भावना पार्टीहरु अहिले पनि क्रियाशिल छन् ?
—खास गरेर सद्भावना पार्टीमा गजेन्द्रनारायण सिंहको निधन पछि त्यहाँको धेरै साथीहरुले षड्यन्त्र गर्यो र मैले त्यहाँ विचलन पाए । त्यसपछि हामीले बारम्वार सद्भावना पार्टीलाई सहि बाटोमा ल्याउन कोशिस गरे । यहाँसम्म कि सद्भावना पार्टी पछि नेपाल सद्भावना पार्टी आनन्दी देवीको नेतृत्वमा गठन भयो । त्यो पार्टीले मधेश आन्दोलन शुरु गर्यो । आन्दोलन शुरु भयो र नेपालगञ्जमा त्यस्तो घटना भयो तर पार्टीले त्यसप्रति कुनै चसो लिएन । वीरगञ्जमा विस्तारित बैठक बस्दा त्यहाँ मैले विद्यार्थी मञ्चको तर्फबाट आन्दोलनलाई अगाडि बढाउने कुरा गर्यौ तर त्यहाँ उल्टै हामीलाई होच्याउने काम गर्यो । मन्त्रीको लोभमा आन्दोलनलाई अगाडि बढाउन सकेन र त्यसको फाइदा फोरम नेपालले लिए । फोरम नेपाल आन्दोलनका लागि अगाडि बढेपछि म त्यहाँ सामेल भए ।

समाजवादको वकालत गर्दै आन्दोलनबाट जन्मेका फोरम नेपालमा कसरी जानु भयो र फेरि त्यहाँबाट कसरी निस्किनु भयो ?
फोरममा एक्चुअलि त्यहाँ समाजिक लोकतन्त्रको कुरा हुन्थ्यो तर त्यहाँ एउटा स्पष्ट कार्यनीति र रणनीतिक हिसाबले समाजवादको या वैचारिक हिसाबले त्यसमा अहिले पछिको रणनीति बनाउने सोचमा हुनुहुन्थ्यो । तर उहाँ पार्टीलाई गोलबन्द गरेर लगेकाले जसरी विजयकुमार गच्छेदार, रामेश्वर राय यादव र पछि जयप्रकाश गुप्ता पार्टीबाट निस्कनु भयो । उनीहरु निस्किनुको कारण नेतृत्ववर्गको आत्मकेन्द्रीत सोच नै थियो । नेतृत्ववर्ग समाजवादको पक्षमा थिएन । अर्को कुरा नेतृत्व वर्गले आत्मकेन्द्रित हुन खोज्यो र सत्ता लिप्सामा पर्यो । पार्टीलाई गोलबन्द गरेर सबै साथीलाई मिलाएर चलाउन असमर्थ भयो । त्यसकारणले गर्दा पार्टी फुट्यो । फोरम नेपाल र सद्भावना पार्टी बारम्बार फुटेर टुक्रा टुक्रामा विभाजन हुनुको एउटै कारण हो ती दलका नेतृत्वमा वैचारिक क्षमता छैन । कार्यकर्ता तथा नेतालाई मिलाएर राख्ने क्षमता छैन । जुन पार्टी विचारधारामा गोलबन्द भएको हुन्छ त्यो पार्टी कहिले विभाजन हुँदैन विभाजन भएपनि पछि आफै मिल्छ । जसरी नेपाली काँग्रेस विचारधारा भएर पनि एउटा टुक्रा भए तर पछि वीपीको समाजवादले सबैलाई मिलायो । एमाले टुक्रा भयो, त्यही अहिले वामदेव गौतम र माधव नेपाल बहुदलिय जनवादमा गोलबन्द भयो । आज फेरी माओवादीलाई एकाइसो शताब्दीको जनवाद लागेको छ । विभिन्न किसिमको स्वातयता र जातीय संघियताको कुरा गरेर पनि एउटा विचारधारामा आवद्ध भएर मिल्ने कुरा गरिरहेका छन् । जबसम्म हामी विचारधारामा केन्द्रित हुदैँनौ तवसम्म हामी टुक्रा टुक्रामा भइरहन्छौ । त्यो हिसावले हामीले एउटा समाजवाद राखेर नवसमाजवादको अभिभारा हामीले ल्याएको छौँ । र यो नवसमाजवादमा सबै तराई, पहाड, हिमाल विभिन्न जातजाती र वर्ग समुदाय, भाषा धर्म सँस्कृति सबैलाई समेटेर हामीले गोलबन्द गरेर अगाडी बढाउन लागेका छौँ ।

मधेशी नेता अध्यक्ष रहेको पार्टीलाई मधेशी दल भनि सम्बोधन गर्छन् तपाईको दल कस्तो हो ?
खस गरेर यहाँ के छ भने, यो मधेशको राजनीतक चिन्तन, मधेशी अधिकार, मधेशको संघियता र स्वायताको सवालमा जो राष्ट्रिय चिन्तन गजेन्द्र नरायण सिंह राख्नु भएको थियो । त्यही सान्दर्भिक छ, किनभने जवसम्म राष्ट्रिय चिन्तनको सोच हुदैन तबसम्म तपाई सिंहदरवारको नेतृत्व गर्न पाउनु हुन्न । तपाईकोमा विला लाग्छ, टैग लाग्छ कि यो क्षेत्रीय जातीय पार्टी हो । तर हामी मधेशी अधिकारका साथ साथै राष्ट्रको कुरा उठाएका छौ । मधेशी अधिकार, मधेशको मुद्दा, स्वायता र संघियतालाई पन्छ्याएर राजनीतिक गर्नु आवश्यक छैन । मधेशको स्वायतत्ता र अधिकारलाई मधेशको मुद्दालाई राख्दै राष्ट्रिय चिन्तनमा जानु पर्छ । त्यो हिसाबले र गजेन्द्र नारायण सिंहको विचारधारालाई अलि थप गरेर अगाडी बढाउदैँ ल्याएका हौ । र त्यसबाट यो मुलुकको नेतृत्व गर्ने जिम्मेवारी हामी पाउछौँ भने हाम्रो विश्वास छ । सद्भावना पार्टी हुँदाखेरी खास गरेर मधेशको मुदामा काम हुुन्थ्यो तर मधेशवादी पार्टी सदभावना् पार्टीले भन्दैन्थ्यो । मधेश मुदा, मधेशको अधिकार र संघियता र स्वायताको सवालमा हामी प्रतिवद्ध हुनुपर्छ । तर राष्ट्रिय सोच र चिन्तनलाई ध्यान दिएर हामीले अगाडी बढ्नु पर्छ ।

अरु मधेशवादी दलभन्दा तपाईको पार्टी के कुरामा भिन्न छ ?
राष्ट्रमा एउटा आन्तिरिक विभेद कुनै जातीय क्षेत्रीय हिुसाबले हुन्छ भने त्यसलाई हामी आन्दोलन र दवाव द्धारा पुर्ति गर्छौ । जसरी मधेशमा आरक्षणको सवाल, नागरिकताको सवाल, मधेशी अधिकारको सवाल, संघियताको र स्वायताको सवाल तर राष्ट्रको खास गरेर आर्थिक नीति यो एक हुन्छ, विकास नीति एक हुन्छ तर क्षेत्रीय हिसाबले राज्यले त्यसमा एक किसिमको विभेद गरेको छ त्यसमा हामी लडछौ झगडा गछौँ । हामीले आफ्नो मधेशको हकहित र अधिकारको लागि, मधेशको मुद्दाको लागि र स्वायतत्ता र संघियताको लागि हामीले लड्नु पर्छ । तर देशको आर्थिक नीति एक राख्नु पर्छ । त्यसपछि हाम्रो देशमा सम्वृद्धि आउँछ । मधेश अल्लगै नीति हुनु पर्छ भने जरुरी छै्रन हामीले राष्ट्रको नीतिमा हामीले आफ्नो अधिकार लिन सक्छौँ ।

अरु दलभन्दा भिन्न भएपनि सविधानसभाको चुनावमा एक सिट पनि ल्याउन सक्नु भएन जनताले पत्याएन कि ?
हाम्रो पार्टी जनमत र जनसंग्रहमा विश्वास गर्ने पार्टी हो । र संविधानसभा विघटन हुनु भन्दा पहिला नै हामी ३१ सुत्रीय माग राखेर तत्कालीन मन्त्रीपरिषद्का कार्यालयमा ज्ञापनपत्र बुझाएका थियौं । त्यो ज्ञापनपत्र किसान र कृषि पर्यावरण र संघियता र स्वायतामा अधारित थियो । र त्यस अधारमा अगाडी आएर हामी संघर्षको काम पनि अगाडी बढाएका थियौँ । त्यस पछि सरकारले हामीसँग आवधारणापत्र पनि मागेका थिए र हामीले कृषिको नयाँ आलम्बनले हाम्रो पार्टीको अवधारणा पत्रमा रहेको छ । हाम्रो जनसंर्घष जारी छ र हामीलाइस विश्वास छ कि हामीले जनमत पाउछौँ । जनमत र जनसंघर्ष हामीले दुवै प्राप्त गरि राष्ट्रलाई परिवर्तन गर्न तिर हामी लागेको छौँ ।

भनिन्छ, मधेशका सबै पार्टी भारतको सहयोगमा चलेका छन् तपाईको पार्टीलाई कतिको सहयोग छ ?
दक्षिण एसियामा एउटा इकोनोमी र सेक्यूरिटी जोन बनाउनु पर्छ । हामी पार्टी निर्माण गर्दाखेरी यो देशका धेरै बुद्धिजीविसँग सल्लाह लिए र भारतको पनि धेरै बुद्धिजीवि नेताहरुसँग सल्लाह लिए । त्यो अनुुसार तत्कालिन परिस्थितीमा अगाडी बढनु पर्छ भनेर धेरैसँग सल्लाह सुझाव लिएको छौ । अहिले पनि सल्लाह सुझाव हामीले लिई राखेका छौ । यो बीचमा पनि हामी भारत गएका थियौ । त्यहाँका नेता तथा बुद्धिजिविसँग सल्लाह लिन्छौ तर सहयोग लिदैनौ । हामी आफ्नै व्यवस्थापनमा चलेका छौ ।

मधेशवादी दलहरुको मोर्चामा नअटाएका तपाई त्यस्तै विचारधाराका जेपी गुप्ता र सरिता गिरीको मोर्चामा कसरी अटाउनु भयो ?
जेपी गुप्ता र सरिता गिरीको त्यो मोर्चा बनेको थिएन । मधेश मुद्दाको रक्षाका लागि एउटा सहकार्य आवश्यकता थियो । त्यो सहकार्यमा हामी त्यही हिसाबले गोलबन्द भएका छौ । अहिले चाही मोर्चा बनेको छ भने छैन तर मोर्चागत हिसाबले हामीहरुको छलफल भइृरहेको हुन्छ । अर्को हिसावले यो देशको भनौ वा मधेशको भनौ यो रुढीवादी र पुरातनवादी जो नेतृत्व पंक्ति छ, शक्ति केन्द्रहरु छ, जो प्रगतिशिल, नवीन र आधुनिक नेतृत्व राजनीतिक संगठनलाई लुकाएको अवस्था छैन र त्यो अवस्थामा आन्तरीक संर्घष हाम्रो जारी  छ । किनभने हामी बिल्कुल आधुनिक, प्रगतिशिल र नविन र ठोस रुपमा राजनीतिक संगठन र हाम्रो पार्टी अगाडी बढिरहेको छ ।

अहिले त्यो मोर्चाले के गर्दैछन् केही पनि देखिएका छैन ?
अहिले खासै यो वा त्यो काम गरिरहेका छन् भने छैन । अहिले एउटा ठोस रुपको मोर्चा बनेको पनि छैन । दोस्रो कुरा त्यो मोर्चा बनाउने प्रयासमा पनि हामी छौ । अर्को कुुरा मधेशी नेतृत्व भएको जो नयाँ दलहरु छ, जो संविधानसभामा भाग लिएर संविधानसभामा सिट पाएन , तिनीहरुको लागि एउटा सहकार्यको र एउटा मोर्चाको वतावरण बनिरहेको छ । एउटै मोर्चा बनाएर जाने प्रयास हामी गरिरहेका छौँ । त्यसकारण यो राष्ट्रिय आन्दोलन छ, जसलाई हामीले पदमरत्न तुलाधर जो नागरिक समाजको अगुवा हुुनुहुन्छ, मानव अधिकारवादी नेताहरु हुनुहुन्छ उहाँहरुसँग भेट गरेर हामी सँगै जाने प्रयास गरिरहेका छौँ । यो कुरा भइृरहेको छ र हामी गइरहेको छौ र यसका लागि हामी प्रयासरत पनि छौ । र हामी अहिले दवावमुलक रुपमा अगाडी बढ्दै अहिले हामी हाम्रो पार्टीको आन्तरिक र साँगठनीक प्रगतिमा लागेका छौ । प्रशिक्षण र महाअधिवेशनमा हामी लागेको छौँ र अगाडी बढिरहेका छौँ ।

अहिलेको सविधानसभामा भइरहेको किचलोको बारेमा तपाईको पार्टीको के धारणा छ ?
यो देशमा काग्रेँस र एमाले प्रतिगमनकारी पुरातनवादी सोचको राजनीतिक पार्टी हो । र पहिलो संविधानसभामा जो परिवर्तनकारी शक्ति एमाओवादी र मधेशवादीको सत्ता लिप्सा र ऐतिहासिक भुलचुकले गर्दा अहिले जनता मारमा परेको छ । र दोस्र्र्रो संविधानसभामा त्यही पुरातनवादी र प्रतिगमनकारी शक्ति काँग्रेस र एमाले रहेका छन् जुन अहिले गणितीय हिसाबमा बहुमतमा आएका छन् । तर राजनीतिक सहमतिको अधारमा संविधान आउनु पर्छ ।  जुन कुरा नेपालको संसद भवनमा भारतीय प्रधानमन्त्री माननीय श्री नरेन्द्र मोदीजीले पनि भन्नु भएको छ । तर काँग्रेस एमालेले मानिरहेका छैन । बहुमतीय दम्भ देखाइरहेका छन् । त्यो विल्कुलै पुरातनवादी र रुढीवादी सोच रहेको छ ।

३० दलीय मोर्चाले गरिरहेको आन्दोलनको बारेमा तपाईको विचार के छ ?
यो ३० दलीय मोर्चा संविधानसभाका चुनावको परिमाणले मधेशवादी दल र माओवादी दलहरुको संयुक्तामा गठन भएको हो । हामीले एमाओवादीसँग कुरा गरेका थियौ कि हामी संविधानसभा वाहिर रहेका दलहरुको एउटा सशक्त आन्दोलनको खाँचो रहेको छ र यो सोचलाई अगाडी बढाउनु पर्छ भनेर कुरा राखेका थिए । र अहिले आन्दोलन पनि भइरहेको छ रहयो आन्दोलनमा हाम्रो पार्टीको पनि समर्थन रहेको छ र हामीहरुको सक्रियता पनि रहेको छ र हामी चाहन्छौ कि यो आन्दोलन सफलता पूर्वक अगाडी बढोस् । हामीले समर्थनमा प्रेस विज्ञप्ति पनि सार्वजनिक गरेका र्छाैँ । 

तपाईको प्रतिक्रिया