Khadya Bibhag

राष्ट्रपति यादवले सोधे, म चीनमा नेपालको बारेमा के भन्ने

काठमाडौ चैत ८ गते राष्ट्रपति डा.रामवराण यादव चीन जानु अघि आज राजनीतिक दलका नेताहरुसँग सल्लाह मागेका छन् उनले चीन भ्रमणमा रहेका बेला त्यहाँ नेपालको बारेमा विभिन्न जिज्ञासाहरु एठ्ने छन् त्यसको मैले के जवाफ दिने भनि नेताहरुसँग जवाफमा मागेका थिए ।
जवाफमा नेताहरुले भन्दिनु होला नेपालका नेताहरु सहमति गर्ने प्रयासमा छन् । सहमति गरेर सविधान बनाउँने छन् र दुई देशबीचको सम्बन्धलाई मजवुत बनाएर आउन पनि सुझाव दिएक थिए ।
भेटघाटमा सभाध्यक्ष नेम्वागं, अध्यक्ष प्रचण्ड, नेता बाबुराम भट्राई, नेता नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसका नेता शेरवहादुर देउवा, उपसभापति पौडेल, एमालेका तर्फबाट नेता झलनाथ खनाल र माधव नेपाल थिए भने मधेशवादी दलको तर्फबाट फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव सहभागि थिए ।

तपाईको प्रतिक्रिया